कास्कीकोटमा स्वास्थ्य चौकी शिलान्यास, स्थानियबासी हर्षित • Nepal's Trusted Digital Newspaperकास्कीकोटमा स्वास्थ्य चौकी शिलान्यास, स्थानियबासी हर्षित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्कीकोटमा स्वास्थ्य चौकी शिलान्यास, स्थानियबासी हर्षित

कास्कीकोटमा स्वास्थ्य चौकी शिलान्यास, स्थानियबासी हर्षित

  • आइतवार, मंसिर १४, २०७७
कास्कीकोटमा स्वास्थ्य चौकी शिलान्यास, स्थानियबासी हर्षित

पोखरा, १४ मंसिर । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । स्वास्थ्य क्षेत्रलाई प्रविधि तर्फ जोड्दा कार्यसम्पादनमा सहयोग पुग्ने भएकाले उक्त क्षेत्र रोजाईको केन्द्र बन्न कोशेढुङ्गा सावित हुने भन्दै शनिबार पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले भवनको शिलान्यास गर्नुभएको हो ।

127280259 3690419507684601 8446797756445226680 n

यसका निम्ति स्थानियबासी, वडा, सम्बन्धित निकाय हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको भन्दै करदाताबाटै सुविधा पुर्याउने भएकाले महानगर कुनै हालतमा कन्जुस्याई नगर्ने जिसीले बताउनुभयो । कोभिड–१९ को यस बिषम परिस्थितिमा स्वयमं चनाखो हुनुपर्छ, उहाँले भन्नुभयो, ‘औषधी आउँला तर कहिले आउँछ यकिन छैन् । आइहालेपनि पहुँच भएकाले पाउँलान् तर नहुनेले के गर्ने? त्यसैले आफै सचेत हुनुपर्ने बेला आएको छ ।’

127502038 171786531330677 354807479133545857 n

शिलान्यास कार्यक्रममा बोल्दै वडा नं २४ का वडाध्यक्ष ओम प्रसाद सुवेदीले कास्कीकोट क्षेत्रमा स्वास्थ्य चौकीको निर्माणले १८ सय ६५ घरधुरी लाभान्वित हुने बताउनुभयो । करिब १ करोड २८ लाखमा नेश्नल स्टेट् विल्डर कम्पनी लिसँग ढेक्का सम्झौता भएकोे उहाँले जानकारी दिनुभयो ।

कास्कीकोट क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेको खानेपानीका लागि ‘एक घर, एक धारा’को अवधारणा अघि सारी २ वटा बोरिङ संचालन गरेर १७ सय घरधुरीमा पानी बिस्तार गरेको भन्दै अब ३५ सय घरधुरीमा पानी पु¥याउने कामलाई अघि बढाईरहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले स्वास्थ्य चौकी भवन निर्माणमा र निर्माण पश्चात् पनि स्थानियबासीहरुले रेखदेख गर्ने र सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताउनुभयो । अहिलेको विश्वव्यापी समस्याको रुपमा रहेको कोरना भाईरस कोभिड–१९ मा सबै सजग रहन आग्रह गर्दै केही लक्षण देखिएमा स्वास्थ्य चौकी मार्फत स्वास्थ्य महाशाखामा सुचित गराउन समेत उहाँले सबैमा अनुरोध गर्नुभएको थियो ।

सो कार्यक्रममा नेश्नल स्टेट् विल्डर कम्पनी लि.का प्रोप्राईटर एवं निर्माण व्यवसायी तिलक पोख्रेलले करिब छ महिना भित्रमा नै काम सम्पन्न गर्ने प्रबिद्धता व्यक्त गर्नुभएको छ । भवन निर्माणमा सम्बन्धित निकाय, वडा एवं स्थानियबासीहरुको सहयोग अपेक्षा रहेको भन्दै निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको उहाँको भनाई थियो ।

उक्त भवन निर्माणका लागि जग्गादाता एवं स्वास्थ्य चौकी समिति तथा व्यवस्थापन समिति सदस्य बाबुराम तिमिल्सिना र गुरुदक्त दवाडीले गरि ३ रोपनी जग्गा दान गर्नुभएको हो ।

करिब १० बर्ष अगाडी नै स्वास्थ्य चौकी भवन निर्माणको लागि सो जग्गा हस्तान्तरण गरिएकोे थियो । तर केही प्राविधिक कारणले गर्दा भवन निर्माण हुन सकेको थिएन् । हाल जग्गा सम्बन्धि सबै प्रकृया पूरा भै निर्माण कार्य अघि बढेको जग्गादाता गुरुदक्त दवाडीले बताउनुभयो । ‘हिजोको भन्दा आज कास्कीकोटले मुहार फेरेको छ, उहाँले भन्नुभयो, विकासका पूर्वाधारले यहाँका बासिन्दालाई सहज बनाउने र स्वास्थ्य चौकीलाई स्तरोन्नत्ति गर्दै प्राथमिक स्वास्थ्य केन्द्र बनाउनेमा जोड दिनुपर्दछ ।’

सोही अवसरमा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता बाबुराम तिमिल्सिना, गुरुदक्त दवाडीलाई महानगर प्रमुख जिसीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

उक्त शिलान्यास कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य एवं वडा सदस्य सन्तुदेवि सुवेदी, स्वास्थ्य माहाशाखाबाट अर्जुन केसी क्षेत्री, कास्कीकोट स्वास्थ्य चौकी ईन्चार्ज दिपेन्द्र रेग्मी, महानगर स्वास्थ्य स्वयंमसेविका, स्थानिय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । वडा नं २४ का वडाध्यक्ष ओम प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालक वडा सचिव कुस्मराज सुवेदीले गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका