उजुनीको गोलबाट अग्रता लिएको फेरेनक्वेरोसी टीसीलाई रोनाल्डोले फर्काए बराबरी गोल | Samacharpati उजुनीको गोलबाट अग्रता लिएको फेरेनक्वेरोसी टीसीलाई रोनाल्डोले फर्काए बराबरी गोल – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • उजुनीको गोलबाट अग्रता लिएको फेरेनक्वेरोसी टीसीलाई रोनाल्डोले फर्काए बराबरी गोल

उजुनीको गोलबाट अग्रता लिएको फेरेनक्वेरोसी टीसीलाई रोनाल्डोले फर्काए बराबरी गोल

उजुनीको गोलबाट अग्रता लिएको फेरेनक्वेरोसी टीसीलाई रोनाल्डोले फर्काए बराबरी गोल

काठमाडौं, १०  मंसिर । इटालियन क्लब युभेन्ट्सले हंगेरियन क्लब फेरेनक्वेरोसी टीसीलाई २९१ गोलले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ।

खेलको १९ औँ मिनेटमा उजुनीको गोलबाट अग्रता लिएको फेरेनक्वेरोसी टीसीलाई ३५ मिनेटमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काए ।

त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको इन्जुरी टाइममा अल्भारो मोराटाले गोल गरेपछि युभेन्ट्सले रोमाञ्जक जित निकाल्न सफल भएको हो ।

त्यस्तै समूह जी को खेलमा युक्रेनको डाइनामो किभमाथि ४ ० को जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

समूहमा लगातार चार जित हात पारेको शीर्ष स्थानको बार्सिलोनाको १२ अंक छ। दोस्रो स्थानको युभेन्ट्स ९ अंक छ।

आजको ट्रेन्डिङ समाचार