मित्रता एग्रो प्रा लि को अध्यक्षमा बिकास गुरुङ चयन • Nepal's Trusted Digital Newspaperमित्रता एग्रो प्रा लि को अध्यक्षमा बिकास गुरुङ चयन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मित्रता एग्रो प्रा लि को अध्यक्षमा बिकास गुरुङ चयन

मित्रता एग्रो प्रा लि को अध्यक्षमा बिकास गुरुङ चयन

  • मङ्लबार, मंसिर ९, २०७७
मित्रता एग्रो प्रा लि को अध्यक्षमा बिकास गुरुङ चयन

पोखरा, ९ मंसिर । मित्रता एग्रो प्रा लि को अध्यक्षमा बिकास गुरुङ सर्वसम्मत चयन  हुनुभएकाे छ । युवा ब्यवसायीहरु वीच साथ, सहयोग र सहकार्य भन्ने मुल नाराका साथ सञ्चालित युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यहरुको सामुहिक लगानीमा सञ्चालित मित्रता इन्भेष्टमेन्ट कम्पनी द्धारा सञ्चालित मित्रता एग्रो प्रालिको हालै सम्पन्न बैठकले बिकास गुरुङको अध्यक्षतामा नया कार्यसमिती चयन गरिएको हो ।

जसअन्तर्गत प्रा लि को उपाध्यक्षमा ईशा गुरुङ, सचिवमा चुन नारायण श्रेष्ठ र कोषाध्यक्षमा कृष्ण प्रसाद दहाल चयन हुनुभएकाे छ । त्यसैगरी सदस्यहरुमा चिन बहादुर गुरुङ, शर्मिला लामा, मनोज गुरुङ, मिलन कुंवर, रोशन अधिकारी, जीवन पौडेल, रुवि रञ्जीत चयन हुनुभएकाे छ । भने सल्लाहकारहरुमा पूर्ण कुमार श्रेष्ठ र जयन्ती मोक्तान चयन हुनुभएकाे छ ।

युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यहरुद्धारा सञ्चालित मित्रता इन्भेष्टमेन्ट कम्पनी प्रा लि द्धारा सञ्चालित मित्रता एग्रो प्रा लि ले हालै पोखरा ३३ मा रहेको पिग पार्कमा बंगुर पालन समेत गर्दै आइरहनुभएकाे छ  भने कृषी सम्वन्धी विभिन्न आयोजनाहरु समेत गर्ने तयारी रहेको प्रा लि ले जनाएको छ । त्यसैगरी मुलुकभर आफ्नो क्लवको समेत विस्तार गर्ने योजना रहेको क्लवले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका