कक्षा १२ को परीक्षा आजबाट शुरु, परीक्षार्थीको अनिवार्यरुपमा ज्वरो परीक्षण गर्नुपर्ने • Nepal's Trusted Digital Newspaperकक्षा १२ को परीक्षा आजबाट शुरु, परीक्षार्थीको अनिवार्यरुपमा ज्वरो परीक्षण गर्नुपर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कक्षा १२ को परीक्षा आजबाट शुरु, परीक्षार्थीको अनिवार्यरुपमा ज्वरो परीक्षण गर्नुपर्ने

कक्षा १२ को परीक्षा आजबाट शुरु, परीक्षार्थीको अनिवार्यरुपमा ज्वरो परीक्षण गर्नुपर्ने

  • मङ्लबार, मंसिर ९, २०७७
कक्षा १२ को परीक्षा आजबाट शुरु, परीक्षार्थीको अनिवार्यरुपमा ज्वरो परीक्षण गर्नुपर्ने

काठमाडौं, ९ मंसिर  । कोभिड–१९ कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदैछ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ ।

परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । करिब डेढ घण्टाको परीक्षा आफ्नै विद्यालयमा दिन पाउनेछन् अर्थात् बोर्डले होम सेन्टरको व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था भएको जानकारी दिनुभयो । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको बोर्डको भनाइ रहेकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डले घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको छ । त्यसका लागि सम्बन्धित विद्यालयले विद्यार्थीलाई प्रवेशपत्र पठाउनुपर्नेछ ।

यो वर्ष बोर्डले उपत्यका, पूर्वाञ्चल, पश्चिमाञ्चललगायतका प्रदेशअनुसार फरक प्रश्नपत्र तयार गरेको छ । त्यसरी घरपायक फरक जिल्लाबाट परीक्षा दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको बोर्डको भनाइ छ । केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।

प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्डको व्यवस्था गरेको छ । कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका