पाेखरा, ८ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १११९० पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा ६९ जना काेराेना संक्रमित थपिएका छन् ।
थपिने संक्रमित गाेरखाका २१ जना, स्याङजाका ५ जना, तनहुँका ८ जना, कास्कीका ७ जना, लमजुङका २ जना, बाग्लुङका २ जना, म्याग्दीका ५ जना, नवलपरासी पूर्वका १५ जना, पर्वतका ४ जना गरी ६९ जना रहेका छन् ।
क्षयराेग उपचार केन्द्र पाेखराबाट थपिएका संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १४ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १२ जना , तनहुँका २ जना रहेका छन् ।
थपिने सबै संक्रमित पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् । थपिएका संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।