पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको मानुङमा पूर्वाधार निर्माण गरिने | Samacharpati पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको मानुङमा पूर्वाधार निर्माण गरिने – Samacharpati
Samacharpati
शुक्रबार, अशोज २९, २०७८
  • होमपेज
  • पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको मानुङमा पूर्वाधार निर्माण गरिने

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको मानुङमा पूर्वाधार निर्माण गरिने

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको मानुङमा पूर्वाधार निर्माण गरिने

दमौली, ८ मङ्सिर । व्यास नगरपालिकाले नगरवासीको मत सर्वेक्षणका आधारमा आगामी वर्षको नीति, कार्यक्रम र योजना तर्जुमा गर्ने भएको छ ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गरिने भएको छ ।

मानुङमा तत्कालै केही पूर्वाधार निर्माणको आवश्यकता देखिएकाले व्यास नगरपालिकाले प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङ जाने ढलान भएको बाटोमा फलामको रेलिङ राख्न र पर्यटक आराम गर्ने ‘सेड’ निर्माण गर्न प्रदेश सरकारसँग अनुरोध गरिएको जानकारी दिनुभयो । साथै मानुङमा पिउने पानीको लिफ्टिङ योजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

गत हप्तामात्रै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मानुङको विकासका लागि चासो व्यक्त गर्नुभएको थियो ।

मानुङको अवलोकन गर्दै मन्त्री गुरुङले चालु आर्थिक वर्षमै मानुङमा पूर्वाधार निर्माणका लागि बजेट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसलगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कार्यक्रम संयोजक जुद्ध गुरुङको नेतृत्वको टोलीले मानुङको भ्रमण गरेको थियो ।

सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दशैं लगत्तैको शनिबार एकैदिन दश हजार भन्दा बढीले मानुङकोटको भ्रमण गरेका थिए । त्यसयता पनि दैनिक पाँचसयदेखि एक हजारसम्म पर्यटक मानुङ पुग्ने गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता