पाेखरा, ८ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्याकाे ११०९१ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा कास्की पाेखरा महानगरपालिकाका १२ जना, पर्वतका २ जना, तनहुँका १ जना गरी १५ जना रहेका छन ।
क्षयराेग उपचार केन्द्र पाेखराबाट थपिएका संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
चितवन मेडिकल कलेज चितवनमा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १५ जना संक्रमित थपिएका छन् । गाेरखाका २ जना, तनहुँका १ जना, कास्कीका १ जना, नवलपरासी पूर्वका ११ जना रहेका छन् । सबै संक्रमित चितवन मेडिकल कलेज चितवनकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् ।
थपिने संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।