गण्डकी प्रदेशमा ५६ काेराेना संक्रमित थपिएसँगै,संक्रमित संख्या ११०१३ पुग्याे | Samacharpati गण्डकी प्रदेशमा ५६ काेराेना संक्रमित थपिएसँगै,संक्रमित संख्या ११०१३ पुग्याे – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा ५६ काेराेना संक्रमित थपिएसँगै,संक्रमित संख्या ११०१३ पुग्याे

गण्डकी प्रदेशमा ५६ काेराेना संक्रमित थपिएसँगै,संक्रमित संख्या ११०१३ पुग्याे

गण्डकी प्रदेशमा ५६ काेराेना संक्रमित थपिएसँगै,संक्रमित संख्या ११०१३ पुग्याे

पाेखरा, ७ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ११०१३ पुगेकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा  गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित  कास्की पाेखरा महानगरपालिकाका ६ जना, स्याङजाका १ जना गरी ७ जना रहेका छन् ।

सबै संक्रमित पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा  थपिने संक्रमित कास्की पाेखरा महानगरपालिकाका ४६ जना, पर्वतका २ जना, तनहुँका १ जना गरी ४९ जना रहेका छन् ।

सबै संक्रमित कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामाबाट ७ जना , क्षयराेग उपचार केन्द्र पाेखराबाट ४९ जना गरी गण्डकी प्रदेशमा ५६ संक्रमित थपिएका छन् ।

संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार