पृथ्वीराजमार्ग अन्तर्गत गजुरीमा कार र टिपर ठोक्किदा कारमा सवार दीपेशकाे मृत्यु • Nepal's Trusted Digital Newspaperपृथ्वीराजमार्ग अन्तर्गत गजुरीमा कार र टिपर ठोक्किदा कारमा सवार दीपेशकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पृथ्वीराजमार्ग अन्तर्गत गजुरीमा कार र टिपर ठोक्किदा कारमा सवार दीपेशकाे मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत गजुरीमा कार र टिपर ठोक्किदा कारमा सवार दीपेशकाे मृत्यु

  • आइतवार, मंसिर ७, २०७७
पृथ्वीराजमार्ग अन्तर्गत गजुरीमा कार र टिपर ठोक्किदा कारमा सवार दीपेशकाे मृत्यु

काठमाडौँ, ७ मङसिर । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको मृत्यु भएकाे छ ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिनुभयो । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते हुनुभएको छ ।

एक जनाको सामान्यावस्था छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडाैँ ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका