तनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद • Nepal's Trusted Digital Newspaperतनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद

तनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद

  • आइतवार, मंसिर ७, २०७७
तनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद

तनहुँ, ७ मङ्सिर । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

यसरी पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी रहेको उहाँले बताउनुभयो । जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र रु ३० हजारसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को १३२ नंमा उल्लेख गरेको छ । प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ । उहाँले भन्नुभयो, “जुवातास खेल्ने खेलाउनेलाई अहिले तारेखमा छाडिएको अवस्था छ ।”

प्रहरीले जुवातास खेल्ने सूक्ष्मरूपमा अनुसन्धान गर्दै सुराकीको आधारमा जुवाडेलाई धमाधम पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा कदम चालेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका