पुम्दीभुम्दीमा काँग्रेसको शोक सभा • Nepal's Trusted Digital Newspaperपुम्दीभुम्दीमा काँग्रेसको शोक सभा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पुम्दीभुम्दीमा काँग्रेसको शोक सभा

पुम्दीभुम्दीमा काँग्रेसको शोक सभा

  • आइतवार, मंसिर ७, २०७७
पुम्दीभुम्दीमा काँग्रेसको शोक सभा

पोखरा, ७ मंसिर । नेपाली काँग्रेस पोखरा २२ वडा इकाइ समितिले पुम्दीभुम्दीमा शोक सभा गरेको छ । इकाइ सभापति देउकाजी गुरुङका बुबा बुद्विबहादुर गुरुङ र क्रियाशील सदस्य बुद्विराम परियारको स्मृतिमा शोक सभा गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभएकाे छ ।

शोक सभामा कास्की काँग्रेसका नेता तथा स्थानीय कार्यकर्ता सहभागी थिए । शोक सभामा बोल्दै नेता खेमराज पौडेलले पार्टीका लागि योगदान गर्नेलाई सदैव सम्मान गर्नुपर्ने उल्लेख गर्नुभएकाे छ ।

कास्की काँग्रेस सचिव सुदीपमोहन भट्टराईले नेता तथा कार्यकर्ताको सामूहिक प्रयासबाट काँग्रेसलाई शक्तिशालि पार्टी बनाउनुपर्नेमा जोड दिनुभएकाे छ ।

इकाइ उपसभापति चेतभक्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव होमप्रसाद बराल, पोखरा २२ वडा सदस्य ओमकुमारी गुरुङ, बुद्विबहादुर गुरुङका कान्छा छोरा रामबहादुर गुरुङ लगायतले बोल्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका