कदममार्ग क्लबको रक्तदानमा ३० युनिट रगत संकलन • Nepal's Trusted Digital Newspaperकदममार्ग क्लबको रक्तदानमा ३० युनिट रगत संकलन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कदममार्ग क्लबको रक्तदानमा ३० युनिट रगत संकलन

कदममार्ग क्लबको रक्तदानमा ३० युनिट रगत संकलन

  • शनिबार, मंसिर ६, २०७७
कदममार्ग क्लबको रक्तदानमा ३० युनिट रगत संकलन

पोखरा, ६ मंसिर । पोखरा १४ मा रहेको कदम मार्ग युवा क्लबको आयेजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।
vlcsnap 2020 11 21 13h11m42s408
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १४ का वडा सदस्य जितेन्द्र जङ्ग थापाले पहिलो रक्तदाता क्लबका अध्यक्ष मिलन कुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन भएको थियो ।
vlcsnap 2020 11 21 13h11m50s951
क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव विवेचन घिमिरेले संचालन गर्नुभएको थियो । सबै दानहरुमा ठुलो दान रक्तदान भन्ने नाराका साथ आयोजना गरेको सचिव घिमिरेले बताउनुभयो । क्लबले आगामी दिनमा विभिन्न सामाजिक कार्यक्रम गर्दै जाने उहाँको भनाई रहेको छ ।
vlcsnap 2020 11 21 13h09m29s941

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका