आज रामचन्द्र अधिकारीको पप गीत पाईला सार्वजनिक भएको छ । गीतले देशमा भईरहेका घटना, जीन्दगीको मार्ग, सफल हुने कसरी र गरिबको ब्यथाको बारेमा यथार्थ चित्रण गरिएको छ । उहाँले पप गीतमा लामो समय झुकाव राख्नु भएको थियो । उहाँ भन्नुहुन्छ (( र्याप लाई सबैले नराम्रो सोच्छन त्यसैले मैले समाजलाई नैतिकवान बनाउन धर्म संस्कृति जीवन सिद्धान्तलाई बुझाउन सधै तत्पर रहने बताउनुभयो।))र यो गीत पश्चात हिन्दु धर्मको महत्वलाई आम युवा माझ पुर्याउन र नैतिकवान बनाउन भावी सन्तती लाई जागरुक बनाउन छिट्टै अर्को गित (शक्ति) सार्वजनिक हुने बताउनुभयो । उहाँको घर मादी गाँउपालिका ५ कास्कीमा रहेको छ ।