पाेखरा, ५ मङसिर । गण्डकी प्रदेशमा केराेना संक्रमितकाे संख्या १०७२५ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा कास्की पाेखरा महानगरपालिकाका २९ जना, लमजुङका ७ जना, स्याङजाका २ जना गरी ३८ जना काेराेनाका संक्रमित थपिएका छन् ।
थपिएका संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन । संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेकाे छ ।