दश दिन पछि पुन बस्ने निर्णयसँगै नेकपाको सचिवालय बैंठक सम्पन्न | Samacharpati दश दिन पछि पुन बस्ने निर्णयसँगै नेकपाको सचिवालय बैंठक सम्पन्न – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • दश दिन पछि पुन बस्ने निर्णयसँगै नेकपाको सचिवालय बैंठक सम्पन्न

दश दिन पछि पुन बस्ने निर्णयसँगै नेकपाको सचिवालय बैंठक सम्पन्न

दश दिन पछि पुन बस्ने निर्णयसँगै नेकपाको सचिवालय बैंठक सम्पन्न

काठमाडौं, ३ मंसिर । लामो समयको विवाद पछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज १ बजे बसेको नेकपाको सचिवालय बैंठक दश दिन पछि बस्ने निर्णयसँयै सम्पन्न भएको हो ।

१० दिन पछि फेरि बैंठक बस्ने गरि बैंठक सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभएकाे हाे ।

आज बसेको बैंठकमा पार्टीमा चुलिदै गएको विवाद र यसको समस्याबाट पार पाउन समाधानको खोजी गर्ने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएकाे छ ।

पार्टीको स्थायी कमिटी बैंठक १८ गते बस्ने र केन्द्रिय समितिको बैंठक २५ गते बस्ने निणर्य भएको पनि श्रेष्ठले जानकारी दिनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार