गोरखामा प्रदेश निर्वाचन क्षेत्रको बजेटबाट ५० योजना | Samacharpati गोरखामा प्रदेश निर्वाचन क्षेत्रको बजेटबाट ५० योजना – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • गोरखामा प्रदेश निर्वाचन क्षेत्रको बजेटबाट ५० योजना

गोरखामा प्रदेश निर्वाचन क्षेत्रको बजेटबाट ५० योजना

गोरखामा प्रदेश निर्वाचन क्षेत्रको बजेटबाट ५० योजना

गोरखा,३,मंसिर
निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त चार करोड रुपैयाँ विभिन्न ५० योजनामा बाँडफाँट गरिएको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेश निर्वाचन क्षेत्रलाई दिने २ करोड रुपैयाँबाट दुबै निर्वाचन क्षेत्रले २५,२५ वटा योजना छनोट गरेका हुन् । निर्वाचन क्षेत्र नं २ क मा प्राप्त रकमबाट दुई वटा सडक स्तरोन्नतिमा २५ ,२५ लाख रुपैयाँ छुट्याइएको प्रदेशसभा सदस्य हरिशरण आर्चायले जानकारी दिनुभयो ।जसमध्ये गोरखा नगरपालिका कार्यालयदेखि सिमलगैरी नौबिसे सडक स्तरोन्नतिलाई २५ लाख र ठाँटीपोखरी चोकदेखि समिचौतारा देउराली सडकलाई २५ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

पालुङटार नगरपालिका–२ को रातडाँडा युवा क्लबको खेलमैदान निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको सांसद आचार्यले बताउनुभयो ।त्यस्तै गोरखा नगरपालिका–९ को शिखर सामुदायिक भवन निर्माण गर्न १० लाख, वडा नं १० स्थित चाइनिज क्याम्पदेखि सिर्दीखोलासम्मको सडक निर्माणमा पाँच लाख र चिप्लेटीदेखि बरसिंह हुँदै ढकालगाउँ सडक स्तरोन्नतिलाई चार लाख छुट्याइएको सांसद आर्चायले जानकारी दिए । महिला समूहको भवन, नयाँ सडकको ट्र्याक, सामुदायिक भवन, खानेपानी आयोजना, बाख्रा फार्म, खेलमैदान र मन्दिर निर्माणलगायत शीर्षकमा पनि बजेट विनियोजन गरिएको सांसद आर्चायले बताउनुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र २ ख मा प्राप्त दुई करोडमध्ये बारपाक सुलिकोट गाउँपालिका–२ पर्ने राङरुङ कोदेफेदी तुम्सीका मोटरबाटो बनाउन २५ लाख, अजिरकोट गाउँपालिका– ४ स्थित बसेल कृषि तथा पशु फार्म निर्माण गर्न २५ लाख र सिरानचोक गाउँपालिका–५ मा चाँदनी हरिबले लालीगुराँस सामुदायिक भवन बनाउन २० लाख रुपैयाँ विनियोजन गरिएको प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो ।कार्यक्रमअन्तर्गत क्षेत्र नं २ ख मा प्राप्त रकमबाट सिरानचोक–३ हार्मीमा चम्पावती माविमा घेराबार बनाउन १० लाख, वडा नं–८ मा रहेको चिप्लेटी खप्टे उम्रुङ सामुदायिक भवन बनाउन ९ लाख, वडा नं–६ मा नामरुङ आमा समूहको भवनका लागि ९ लाख, बारपाक सुलिकोट– ३ मा रहेको माझथर मावि घेराबारका लागि ८ लाख, बारपाक सुलिकोट ३ को हुवामे ठोमो, छेलिङ, बौद्ध समाज घर अधुरो भवन बनाउन ७ लाख र अजिरकोट– ४ को हिमालय माविको घेराबारलाई ८ लाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो ।त्यस्तै खोप केन्द्र, मन्दिर, कृषि तथा पशुपालन पूर्वाधार, सिँचाइ आयोजना, कृषि समूह भैँसीबाख्रा गोठ, युवा क्लबको खेल मैदान, विद्यालयमा घेराबार र सामुदायिक भवन निर्माणलगायत शीर्षकमा बजेट बाँडफाँड गरिएको सांसद दवाडीले जानकारी दिनुभयो ।(अनलाईन खवर)

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता