गण्डकी प्रदेशमा ४० जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या १०५३७ पुग्याे | Samacharpati गण्डकी प्रदेशमा ४० जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या १०५३७ पुग्याे – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा ४० जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या १०५३७ पुग्याे

गण्डकी प्रदेशमा ४० जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या १०५३७ पुग्याे

गण्डकी प्रदेशमा ४० जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या १०५३७ पुग्याे

पाेखरा, ३ मङ्सिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०५३७ पुगेकाे छ । लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा कास्की पाेखरा महानगरपालिका २० जना, स्याङजाका २ जना, तनहुँका ३ जना गरी २५ जना थपिएका छन् ।

लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेना परिक्षणकालागि नमुना संकलन गरी पठाइएकाे हाे ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा पाेखरा महानगरपालिकामा ४ जना काेराेना संक्रमित थपिएका छन् । ४ जना काेराेना संक्रमित पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा पाेखरा महानगरपालिकाका ४ जना, स्याङजाका ३ जना , म्याग्दीका ३ जना, तनहुँका १ जना गरी  ११ जना थपिएका छन् । ११ जना संक्रमित सबै कन्ट्रयाक टेसिङबाट पहिचान भएका हुन् ।

गण्डकी प्रदेशमा थपिएका संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवास्थापन गर्ने तयारी भएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार