नेकपामा विवाद चिनको चाँसो,कोरोना महामारीको एक वर्ष पूरा,विद्यालय खोल्ने जिम्मा पालिकालाई (५ समाचार) • Nepal's Trusted Digital Newspaperनेकपामा विवाद चिनको चाँसो,कोरोना महामारीको एक वर्ष पूरा,विद्यालय खोल्ने जिम्मा पालिकालाई (५ समाचार) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपामा विवाद चिनको चाँसो,कोरोना महामारीको एक वर्ष पूरा,विद्यालय खोल्ने जिम्मा पालिकालाई (५ समाचार)

नेकपामा विवाद चिनको चाँसो,कोरोना महामारीको एक वर्ष पूरा,विद्यालय खोल्ने जिम्मा पालिकालाई (५ समाचार)

  • बुधबार, मंसिर ३, २०७७
नेकपामा विवाद चिनको चाँसो,कोरोना महामारीको एक वर्ष पूरा,विद्यालय खोल्ने जिम्मा पालिकालाई (५ समाचार)

३,मंसिर
नेकपा विवाद दुर्घटनातर्फ उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ चासो अभिव्यक्त भएको छ । राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन् । ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो । गत वैशाख र असारमा झन्डै विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन राजदूत यान्छी सक्रिय भएकी थिइन् ।१७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो । राजदूत यान्छीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । १८ वैशाखमा प्रधानमन्त्री ओलीसँग भेट गरकी राजदूत यान्छीले अर्को दिन प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् । १६ असारमा नेकपामा नेताहरूले फेरि पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा तनाव सुरु भएको थियो । २५ असारमा उनले प्रचण्डसँग भेट गरेकी थिइन् । त्यसअगाडि उनले २१ असारमा नेता नेपालसँग र २३ असारमा खनालसँग भेट गरेकी थिइन् । त्यसवेला राजदूत यान्छीले प्रधानमन्त्री ओलीसँग पनि भेटेकी थिइन् । यही पृष्ठभूमिमा यान्छी फेरि सक्रिय भएकी छिन् । (नयाँ पत्रिका)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ– नेपालमा हालसम्म दुई लाख १४ हजार चार सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले ३० हजार नौ सय ४६ सक्रिय संक्रमित छन् । हालसम्म एक हजार दुई सय ४७ जनाको मृत्यु भएको छ । र, कुल संक्रमितमध्ये ७९ हजार दुई सय ४२ जना निको भएका छन् ।जोन हकिन्स विश्वविद्यालयले अपडेट गरेको पछिल्लो आँकडा हेरौँ । १७ नोभेम्बरसम्म संसारभर करिब पाँच करोड ५१ लाख ४७ हजारजना संक्रमित भएका छन् । तीमध्ये करिब १३ लाख २९ हजार पाँच सय ५६ जनाको मृत्यु भएको छ । संसारभर अहिले एक करोड ९६ लाख ७४ हजार पाँच सय ५५ सक्रिय संक्रमित छन् ।चीन हुबेई प्रान्तको वुहानमा कोरोना भाइरस संक्रमण पहिलोपटक पुष्टि भएको १७ नोभेम्बरमा ठ्याक्कै वर्षदिन पुगेको छ । एक वर्षयताको नेपाल र संसारको आँकडा हो, माथिको । यसबीचमा कोरोना संकटले संसारभरको सामाजिक, आर्थिक संरचनालाई तहसनहस बनाइदिएको छ । अधिकांश मुलुकको जनजीवन अस्तव्यस्त छ ।कोभिड–१९ संकटले आधुनिक औषधि विज्ञानलाई चुनौती दिएको छ । किनकि, महामारी सुरु भएको वर्षदिनमा पनि कोरोना भाइरसविरुद्ध खोप तयार पार्न सफलता मिलेको छैन । न त कुनै औषधि नै आविष्कार भएको छ । तथापि, यसबीचमा खोप निर्माणमा जुटेका केही अनुसन्धाता महामारीबाट मानव जीवनलाई बचाउन प्रयासरत छन् । (नयाँ पत्रिका)

कोरोना महामारीको त्रासका बीच यहाँ हिन्दु धर्मावलम्बीहरुले लोक आस्थाको पर्व छठको सुरु गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने चार दिवसीय छठ पर्व आज बुधबार नहाई खाई बिधिवत सुरु भएको छ । छठ पर्व बिहीबार खरना, शुक्रबार सझिया घाट र शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन हुनेछ ।कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले छठ पर्वमा बढी भिडभाड नगर्न तथा घरमै मनाउन एक सूचनामार्फत सबैसँग अपिल समेत गरेको छ ।यसका बाबजुद विभिन्न ठाउँका जलासयमा छठ पर्वका लागि सरसफाई, घाँट बनाउने र सजाइएको छ । बजारमा छठी मईयाको महिमा समेटिएको गित गुन्जिन थालेको छ भने छठ पर्व मनाउन स्थानियवासी आवश्यक सामाग्रि किन्न हटिया तथा बजारतर्फ भिड लागेका छन् । ग्रामीण क्षेत्रका बजारमा समेत चहलपहल निकै बढेको छ ।(राजधानी)

सरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय खोल्ने जिम्मा पालिकालाई दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड(१९ को जोखिम नभएका र कम हुँदै जाने पालिकाका विद्यालयमा आलोपालो सिफ्ट वा अरु उपयुक्त विधि अपनाइ पठनपाठन सञ्चालनको बाटो खुलाएको हो ।मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्याङ्कन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचाअनुसार बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्नेछन् ।कार्यढाँचामा सङ्क्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरेर भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याएर बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ । त्यस्तै, सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने, जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । (उज्यालो)

वर्षौंदेखि अलपत्र छाडिएका गाडीका पाटपूर्जा खिया लागेर काम नलाग्ने भएका छन् । नयाँ गाडी किन्ने तर पुरानाको संरक्षण नगर्ने अन्य सरकारी कार्यालयको प्रवृत्ति प्रहरीमा पनि देखिएको छ । सरकारी सम्पत्ति कुहिँदै गरेको दृश्य नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी०को निवास नजिकै पर्छ । सरकारी सम्पत्ति यसरी कुहिएर जानुभन्दा काम लाग्ने गाडी मर्मत गरेर चलाउने, काम नलाग्ने गाडी लिलामीमा बेच्न सक्यो भने राजधानी यति प्रदूषित हुने थिएन कि यस्ता कबाडीले राजधानीको सोभा बढाउँछ कि घटाउँछ सम्बन्धित निकाय तथा व्यक्तिको चेत कहिले खुल्ने ? (लोकान्तर)

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका