लमजुङ, ३ मंसिर । लमजुङमा जिप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सदरमुकाम बेसीशहरबाट दोर्दी गाउँपालिकाको पाचोक जाँदै गरेको ग १ ज ७१२७ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा दोर्दी गाउँपालिका वडा नं. ५ घर भएकी ७० वर्षीय सुनि गुरुङको मृत्यु भएको हाे । मंगलबार साँझ ६ बजे तिर भएको दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
घाइतेहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालका उपचार भइरहेको छ ।