मुटुरोग विशेषज्ञ डा सुनील झाको कोरोना संक्रमणबाट मृत्यु | Samacharpati मुटुरोग विशेषज्ञ डा सुनील झाको कोरोना संक्रमणबाट मृत्यु – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • मुटुरोग विशेषज्ञ डा सुनील झाको कोरोना संक्रमणबाट मृत्यु

मुटुरोग विशेषज्ञ डा सुनील झाको कोरोना संक्रमणबाट मृत्यु

मुटुरोग विशेषज्ञ डा सुनील झाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, २ मङसिर । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा सुनील झाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा झाको हिजो तिहारकाे भाइ टीकाका दिन मृत्यु भएको हो ।

एक महिनाअघि कोरोना पुष्टि भएपछि उपचार गराइरहनुभएका उहाँको हिजो मृत्यु भएको हो । प्राध्यापक डा झा केहीसमय देखी निमोनियाले ग्रसित हुनुहुन्थ्याे ।

उहाँको तीन सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ६२ वर्षीय झाले एक वर्षपछि सेवाबाट अवकाश लिने तयारी गनुभएकाे थियाे  ।

आजको ट्रेन्डिङ समाचार