काठमान्डाैँ, २९ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राती भने कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्यबदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक रहने छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।