पोखरा फुड डेलिभरीको औपचारिक शुभारम्भ • Nepal's Trusted Digital Newspaperपोखरा फुड डेलिभरीको औपचारिक शुभारम्भ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा फुड डेलिभरीको औपचारिक शुभारम्भ

पोखरा फुड डेलिभरीको औपचारिक शुभारम्भ

  • बिहिबार, कार्तिक २७, २०७७
पोखरा फुड डेलिभरीको औपचारिक शुभारम्भ

पोखरा, २७ कार्तिक । पोखरामा पोखरा फुड डेलिभरी कम्पनीको औपचारिक रुपमा शुभारम्भ भएको छ । शुभारम्भको अवसरमा पोखरा फुड डेलिभरीले पोखरा १५ नयाँगाउँस्थित हिमालयन लाइफ नेपालमा आश्रित ५३ बालबालिकाहरुलाई खाना वितरण गरेको छ ।

Pokhara food delivery 3 scaledकार्यक्रममा पोखरा फुड डेलिभरीका सञ्चालक प्रसिद्ध पालिखेले संस्थाको सुभारम्भको अवसरमा बालबालिकालाई खाना वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयाे । पालिखेले संस्थाको बारेमा जानकारी दिँदै भन्नुभयाे, “हामी यस्तो प्लेटफर्म बन्न चाहन्छौ जहाँ मानिसहरु खानाको गुणस्तरमा भरोसा गर्न सकुन्, स्थानीय रेष्टुरेन्टहरुले स्थानीय सामग्री तथा खाद्यान्नको प्रवद्र्धन गर्दै सहज ढङ्गले बिक्री गर्न सकुन् ।”

Pokhara food delivery 1 scaledअर्का सञ्चालक कृति श्रेष्ठले “व्यापार समाजमा गरिन्छ र हरेक व्यापारीको समाजप्रति सामाजिक उत्तरदायित्व हुन्छ” भन्दै आफूले पढेका कुरा व्यवहारमा उतार्न पाउँदा खुसी व्यक्त गर्नुभयाे । आफूहरुले गरेको यस कार्यको पोखरेली दाजुभाइले साथ एवं सहयोग पाउने अपेक्षा राख्दै व्यापार र समाजप्रतिको योगदानमा अझै सक्रिय भइ निरन्तर लागी पर्ने बताउनुभयाे ।

हिमालयन लाइफ नेपालका सञ्चालक चनमन श्रीमलले पोखरा फुड डेलिभरीलाई सफलताको शुभकामना दिँदै संस्थामा रहेका बालबालिकालाई रेष्टरेन्टमा पाइने खाना पिज्जा, मम खुवाउनु भएकोमा डेलिभरीलाई धन्यवाद दिनुभयाे । रेष्टुरेन्टको खाना खान पाउँदा बालबालिकाहरु निकै खुसी भएको पनि श्रीमलले बताउनुभयाे ।

Pokhara food delivery 2 scaledपोखरा फुड डेलिभरी एक सेवा उन्मुख कम्पनी हो जुन विद्यार्थीहरुले सुरु गरेका हुन् । यहाँ पोखराका १ सयभन्दा बढी रेष्टुरेन्टहरु सूचीबद्ध रहेका छन् । यो एक अनलाइन प्लेटफर्म हो जहाँ ग्राहकहरुले आफूलाई मनपर्ने रेष्टुरेन्टबाट मनपर्ने खाना आफ्नो मोबाइल एपबाट वा पोखरा फुड डेलिभरीको वेवसाइटबाट अनलाइन अर्डर गर्न सक्छन् र ग्राहकहरुले घर वा अफिसमै बसीबसी रेष्टुरेन्टको खानाको आनन्द लिन सक्छन् ।

खाजा तथा खानालागि पोखरा फुड डेलिभरीको मोवाइल एप र वेवसाइट https://apps.pokharafooddelivery.com/ मा गइ अनलाइन अर्डर गर्न सकिने पाेखरा फुड डेलिभरीले जनाएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका