कंलकीस्थित कुखुरा बोक्ने गाडी ट्रकमा ठक्कर खाँदा ३ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperकंलकीस्थित कुखुरा बोक्ने गाडी ट्रकमा ठक्कर खाँदा ३ जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कंलकीस्थित कुखुरा बोक्ने गाडी ट्रकमा ठक्कर खाँदा ३ जनाको मृत्यु

कंलकीस्थित कुखुरा बोक्ने गाडी ट्रकमा ठक्कर खाँदा ३ जनाको मृत्यु

  • बिहिबार, कार्तिक २७, २०७७
कंलकीस्थित कुखुरा बोक्ने गाडी ट्रकमा ठक्कर खाँदा ३ जनाको मृत्यु

काठमाडौं, २७ कार्तिक । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि एकाबिहानै कुखुरा बोक्ने गाडी ट्रकमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ ।

तिब्र गतिमा रहेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी बल्खुबाट सितापाईलातर्फ जाँदै गर्दा आज बिहान मकालु पेट्रोल पम्प अगाडि रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बजारिँदा ३ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले जानकारी दिनुभएकाे हाे ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते ४ जनालाई कलंकीस्थित सहिद अस्पतालमा लगिएको भएता पनि ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा नुवाकोटका २४ वर्षका रोशन तामाङ, नुवाकोटकै ३७ वर्षका माधव घिमिरे र नुवाकोटका २७ वर्षका भुपेन्द्र तामाङको मृत्यु भएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका