युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण | Samacharpati युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

पोखरा, २१ कार्तिक । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको मृतकको परिवारलाई बीमा वापतको ५२ लाख ५० हजार रकम हस्तान्तरण गरेको हो ।

गत असारमा पोखराको स्पाइरल ग्यालेक्सी स्कुलका प्राचार्य नारायण चापागाईले ५० लाखको बीमा गर्नुभएको थियो भने जनै पुर्णीमामा उहाँको प्राकृतिक दुर्घटनाका कारण निधन भएको थियो । कम्पिनीले उहाँकी श्रीमती शारदा अधिकारीलाई सो रकमको चेक पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का अध्यक्ष जिवन प्रसाद आचार्य, युनियन लाइफ इन्स्योेरेन्स गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला, युनियन लाइफ इन्स्योरेन्स लामाचौर शाखा प्रमुख सुर्य चापागाइ लगायतको उपस्थिति रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार