किबिले राम्रो आम्दानी | Samacharpati किबिले राम्रो आम्दानी – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८

किबिले राम्रो आम्दानी

किबिले राम्रो आम्दानी

बलेवा, २१, कात्तिक
गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् ।ताराखोला गाउँपालिका–३ का नीरज बगालेले किबीको खेती थालेको वर्षौँ भयो । गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म किबी फलाउँछन् ।

पैँतीस वटा बिरुवाले दिने आम्दानीले उनलाई सधैँ उत्साहित बनाउँछ । गाउँकै अगुवा किसान भएकाले उनले लगाएको किबी हेर्न र सिको गर्न आउने धेरै थिए । गाउँपालिका गठनपछि आर्थिक वर्ष ०७४ को बजेटमा गाउँपालिकाले किबीका बिरुवा किनेर बगालेको जस्तै बगान सबै वडामा बनाउने योजना बनायो ।परीक्षणका लागि हरेक वडामा १०० वटाका दरले किसानलाई बिरुवा बाँडियो । तीन वर्ष पहिले बाँडिएका बिरुवाले उत्पादन दिएपछि दङ्ग परेको वडा नं ३ को कृषि सञ्जालका अध्यक्षसमेत रहेका किसान कर्ण भण्डारीले बताए । उनको गाउँमा मात्रै झण्डै १५० किसानले धेरथोर किबीका बिरुवा लगाएका छन् ।

गाउँमा उत्पादित किबी गाउँमै खपत हुने गरेको उनले सुनाए । “अहिलेसम्म बजारको समस्या छैन, प्रतिकिलो रु ३५० मा बेचिरहेको छु”, बगाले भन्छन्, “बजारको राम्रो प्रबन्ध भए उत्पादन बढाउन सकिन्छ ।” पाँच वडा रहेको गाउँपालिकाका हरेक वडामा यस वर्ष किबी फलेको छ ।उनको गाउँमा मात्रै झण्डै १५० किसानले धेरथोर किबीका बिरुवा लगाएका छन् । गाउँमा उत्पादित किबी गाउँमै खपत हुने गरेको उनले सुनाए । किबीको एउटा बोटबाट १०० केजीभन्दा बढी उत्पादन हुने र बजारमा प्रतिकेजी रु ४०० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ । गाउँमा भने मूल्य केही कम छ । किसानको आकर्षणलाई हेरेर गाउँपालिकाले किबी प्रवद्र्धनको योजना बनाउने अध्यक्ष प्रकाश घर्ती बताए । अन्य अन्नबालीको तुलनामा आम्दानी बढी हुने र बजारीकरणका लागि पनि सजिलो हुने भएपछि किबी खेतीतर्फ आकर्षित बनेको कृषक बताउँछन् ।(रासस)

आजको ट्रेन्डिङ समाचार