बागलुङ जैमिनी बेलबगरमा व्यावसायिक माछा पालन सुरु | Samacharpati बागलुङ जैमिनी बेलबगरमा व्यावसायिक माछा पालन सुरु – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • बागलुङ जैमिनी बेलबगरमा व्यावसायिक माछा पालन सुरु

बागलुङ जैमिनी बेलबगरमा व्यावसायिक माछा पालन सुरु

बागलुङ जैमिनी बेलबगरमा व्यावसायिक माछा पालन सुरु

बागलुङ , १७ कार्तिक । बागलुङ जैमिनी नगरपालिका जैदी ,बेलबगरमा व्यावसायिक माछा पालन सुरु भएको छ । युवा नेता तथा सफल व्यावसायि कमल राना मगरले व्यावसायिक माछा पालन सुरु गर्नुभएकाे हाे ।

आफुले जानेको सिपको सहि सदुपयोग गर्दै करिब ६ लाख लागानी गरेर माछा पालन सुरु गर्नुभएकाे हाे । उहाँको फर्ममा करिब ४७ सय माछाका भुरा रहेका छन ।

फर्ममा अहिले कमन ,ग्रास ,सिल्भर,नैनि लगाएतका माछाका भुरा रहेको माछा व्यावसायिले जानकारी दिनुभयाे । पोखरी, पानीको उचित व्यवस्थापनकासाथै माछाका भुरा र दानाको छनौटमा ध्यान दिई माछापालन गर्न सके गाउँघरमै माछापालन गरी मनग्य कमाउन सकिने उहाँले बताउनुभयाे।

‘माछापालन सजिलोसँगै जोखिम व्यवसाय पनि हो,’ उहाँले थप्नुभयो, ‘राम्रो दाना, भुरा, पोखरी, पानीको व्यवस्थापन गर्न सकेमा पैसा कमाउन खाडी जानु पर्दैन । गाउँघरमै माछा पालेर मनग्य कमाउन सकिन्छ ।

उहाँले माछा पालन सगँसँगै बङगुर फार्म समेत खुलाउने तयारी गर्नुभएकाे छ । बजारमा माग र मूल्य दुवै राम्रो रहेकाले माछापालन र बङगुर पालनमा आफूले जोड दिएको बताउनुभयाे ।

जिल्लामा कृषकहरू यस व्यवसायमा आकर्षित नहुँदा दैनिक लाखौँ रुपयाँ जिल्ला बाहिरिने तथ्य रहेको छ ।

आजको ट्रेन्डिङ समाचार