कोरोनाको डरले हुम्लाको ताजाकोट गाउँपालिका पाँच दिनका लागि शिल • Nepal's Trusted Digital Newspaperकोरोनाको डरले हुम्लाको ताजाकोट गाउँपालिका पाँच दिनका लागि शिल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कोरोनाको डरले हुम्लाको ताजाकोट गाउँपालिका पाँच दिनका लागि शिल

कोरोनाको डरले हुम्लाको ताजाकोट गाउँपालिका पाँच दिनका लागि शिल

  • बुधबार, कार्तिक १२, २०७७
कोरोनाको डरले हुम्लाको ताजाकोट गाउँपालिका पाँच दिनका लागि शिल

कर्णबहादुर रोकाया, हुम्ला, १२ कार्तिक । दर्शै सकिए लगतै हुम्लाको दक्षिण भेगमा पर्ने ठूलो जनघनत्व भएको ताजाकोट गाउँपालिकाले पाँच दिनसम्म आफ्नाे गाउँपालिकाका सबै नाका शिल गरेको छ ।

केही समय अघि विद्यालय सञ्चालनको तयारी गरिरहेको अवस्थामा एक प्राथमिक विद्यालयका शिक्षकमा कोरोना पोजेटिभ देखिएकपछि विद्यालय सञ्चालनको काम बन्द भएको थियो ।

दर्शैमा गाउँमा मानिसहरूको चहलपहल बढेको र अझै दर्शैँपछि आवतजावतको प्रवाह बढेरे कोरोना संक्रमण देखिन सक्ने आशंकाले पाँच दिनका लागि ताजाकोट गाउँपालिकाका सबै नाका बन्द गरिएको जानकारी निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले बताउनुभएकाे छ ।

यो कदमले केही समयका लागि जिल्ला बाहिर जाने र भित्र आउनेहरूलाई ग्राहो भए पनि कोरोना रोकथामका लागि सहयोग हुने देखिएको स्थानीयहरूको एक मत रहेको छ ।

पाँच दिनका लागि बाजुरा जिल्लाको कवाडी, मुगुको तीर्थसैन, अदानचुली र सिमकोटतिर आउने नाका बन्द गरिएको छ । हुम्लामा हाल ६ जनालाई कोरोनो पोजेटिभ देखिएको छ भने हालै ३६ जनाको स्वाब संकलन गरी चोकजाचका लागि पठाइएको छ ।
 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका