fbpx

काँग्रेस केन्द्रिय समिति बैठकका लागि १० एजेण्डा तय

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौंमा  I नेपाली काँग्रेस पार्टीले मंगलवारदेखि बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ । 
सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दशवटा एजेण्डा तय गरिएको जानकारी दिनुभयो । उहाँले पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने बताउनु भयो , त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रश्तुत हुने उहाँले जानकारी दिनुभयो । उहाँले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रश्तावित हुने उल्लेख गर्नुभयो । केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रश्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रश्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ । अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ । 


बैठकको एजेण्डा बारे जानकारी गराउँदै महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो – ‘पहिलो, बैठकमा समसामयिक विषय भनेर प्रश्तावित हुन्छ । जसमा अहिलेको विद्यमान राजनीतिक सन्दर्भ, आर्थिक, सामाजिक सन्दर्भ, परराष्ट्रसँग सम्बन्धित सन्दर्भ, शासनसँग सम्बन्धित सन्दर्भ, सुशासनसँग सम्बन्धित सन्दर्भ यि समग्र विषय समसामयिक विषयभित्र पर्दछन् । दोस्रो, सांगठनिक कार्ययोजना र कार्यतालिका बैठकमा प्रश्तावित हुन्छ र पार्टीको निर्वाचन समितिमार्फत गर्नुपर्ने कतिपय कामहरु छन् ति कामहरुको बारेमा बैठकमा प्रस्ताव हुन्छ । तेस्रो, यसबिचमा कार्यसम्पादन समितिले जे जस्ता निर्णयहरु हामीले गरेका छौँ, ति विषय अनुमोदनका लागि प्रस्तावका रुपमा प्रश्तुत हुन्छ । चौथो, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन बैठकमा प्रश्तुत हुन्छ । पाँचौ, भोलिको बैठकमा नीति अधिवेशन सम्बन्धि केही खाका प्रश्तावित हुन्छ । बैठक टुंगिदै गर्दा हामी सार्वजनिक गर्नेछौँ, कांग्रेसको आगामी नीति अधिवेशनको मिति, तिथि, स्थान, पक्रिया र सहभागिताको सन्दर्भमा । छैठौँ, केही विभागहरु थप्नुपर्ने र केही विभागहरुको कामको व्याख्या गर्नुपर्ने आवश्यकता छ त्यसकारण भोलि विभाग गठन सम्बन्धी प्रश्ताव हुन्छ । सातौँ, यो बैठक टुंगिदै गर्दा एउटा राष्ट्रवादी अभियान, अभियानको नाम, अभियानको उद्देश्य, अभियानको खाका प्रश्तावित गर्छौं बैठक टुंगिदै गर्दा । आठौँ, अनुशासन समितिले अनुशासन सम्बन्धि प्रतिवेदन पेश गर्दछ । पार्टीका अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रश्तुत गर्नुहुन्छ । नवौँ, प्रतिनिधि सभाका यस बिचमा के–कस्ता गतिविधि भएका छन्, हामीले गरिरहेको भुमिका के छ, त्यहाँ कस्ता विधेयकहरु आएका छन्, त्यहाँ भइरहेको हाम्रो समग्र प्रश्तुतीको बारेमा पार्टीको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकलाई जानकारी गराउनुहुन्छ । दशौँ, पार्टी सरकारमा भएको सन्दर्भ समेटेर पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारमा रहेर हाम्रो भइरहेका गतिविधिहरुको सन्दर्भमा बैठकमा जानकारी गराउनुहुन्छ । बैठकमा यसबारेमा समग्र विवरण राख्नुहुन्छ ।’

उहाँले बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताउनु भयो । काँग्रेस केन्द्रिय कार्यसमिति बैठक भोलि(मंगलवार) दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।


काठमाडौं

बुधबार, चैत्र २८, २०८०

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

२१ वर्ष पछि लोकेन सुब्बाको पुर्नआगमन, सार्वजनिक गरे “कान्छी”

‘नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छ’:- सौगात मल्ल

प्रेमपिडा समेटेर ल्याए रुपमले नयाँ गीत ‘मेरो माया तिम्रो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन