चुँवाखोलामा जडिबुटी खन्न जाँदा ३० वर्षका युवक वेपत्ता खोजी कार्य जारी | Samacharpati चुँवाखोलामा जडिबुटी खन्न जाँदा ३० वर्षका युवक वेपत्ता खोजी कार्य जारी – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • चुँवाखोलामा जडिबुटी खन्न जाँदा ३० वर्षका युवक वेपत्ता खोजी कार्य जारी

चुँवाखोलामा जडिबुटी खन्न जाँदा ३० वर्षका युवक वेपत्ता खोजी कार्य जारी

चुँवाखोलामा जडिबुटी खन्न जाँदा ३० वर्षका युवक वेपत्ता खोजी कार्य जारी

कर्णबहादुर रोकाया, हुम्ला,  ६ कार्तिक । जडिबुटी संकलन गर्ने गएका हुम्लाका ३० वर्षका धनबहादुर बुढा एक हप्तादेखि वेपत्ता हुँदा परिवारमा चिन्ता छाएको छ ।

खोजीका लागि परिवारले दोजाम प्रहरी चौकी ग्याग्रुमा निवेदन दिएका छन् । असोव २० गते गाउँका साथीहरूसँग जटामासी, कटुकी र अन्य जडिबुटीहरू संकलन गर्न गएका खार्पुनाथ वडा नं १ को चुवाखोला वनमा गएका थिए तर पनि अरू साथीहरू आइसक्दा पनि उनको अत्तोपत्तो नहुँदा परिवार चिन्तित बनेका छन् ।

उनीसँग गएका साथीहरू घरमा पुगी सक्दा पनि उनी नफर्केकाले खोजीका लागि दोजाम प्रहरी चौकी ग्याग्रुमा खोजीका लागि निवदेन परेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्ला स्रोतले जानकारी दिएको छ ।

आफन्त र प्रहरीको टोलीले उनी जडिबुटी खन्न गएको वनमा खोजी कार्य जारी रहे पनि हालसम्म पत्ता लागेको छैन । यसरी प्रति वर्ष जडिबुटी खन्ने क्रममा यो वन क्षेत्रमा वर्षेनी एक दुई जनाले यसरी ज्यान गुमाउने गरेको स्थानीय गाउँलेहरूले बताएका छन् ।

 

आजको ट्रेन्डिङ समाचार