रुकुममा एक महिलाले शल्यक्रिया बिना एकैपटक जन्माईन तीन शिशु | Samacharpati रुकुममा एक महिलाले शल्यक्रिया बिना एकैपटक जन्माईन तीन शिशु – Samacharpati
Samacharpati
आइतवार, साउन १०, २०७८
  • होमपेज
  • रुकुममा एक महिलाले शल्यक्रिया बिना एकैपटक जन्माईन तीन शिशु

रुकुममा एक महिलाले शल्यक्रिया बिना एकैपटक जन्माईन तीन शिशु

रुकुममा एक महिलाले शल्यक्रिया बिना एकैपटक जन्माईन तीन शिशु

काठमाडौं, ५ कार्तिक । रुकुममा ३१ वर्षीया एक महिलाले एकैपटक शल्यक्रिया बिना नै  तीन शिशुलाई जन्म दिनुभएकाे छ ।

सिस्ने गाउँपालिका–३ पोखराकी उहाँले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मंगलबार ३ शिशु छोरालाई जन्म दिनुभएकाे हाे । पहिलो शिशुको तौल १ केजी ४ सय २० ग्राम,  रहेकाे छ भने  दोस्रो शिशुको तौल १ किलो ४ सय ८५ ग्राम र तेस्रो शिशुको तौल १ किलो ३ सय ६५ ग्राम रहेको अस्पतालले जनाएको छ ।

उहाँले नर्मल डेलिभरिमै एक एक मिनेटको फरकमा ३ शिशुलाई जन्म दिनुभएकाे हाे । झण्डै २ साता अघि काठमाडौँको थापाथलीस्थित प्रसुतिगृहमा नुवाकोटकी एक आमाले शल्यक्रियाका माध्यमबाट ५ सन्तान जन्माउनुभएकाे  थियाे । एक सन्तान पेटभित्रै मृत्यु भैसकेको थियो भने ४ सन्तान सकुशल जन्माएको र केही दिनमा एक सन्तानको मृत्यु भएको थियो ।

आजको ट्रेन्डिङ समाचार