हुम्लाको लिमीका अझै पनि ढिके नुनको प्रयोग, मोलभन्दा ढुवानी धेरै | Samacharpati हुम्लाको लिमीका अझै पनि ढिके नुनको प्रयोग, मोलभन्दा ढुवानी धेरै – Samacharpati
Samacharpati
शुक्रबार, अशोज २९, २०७८
  • होमपेज
  • हुम्लाको लिमीका अझै पनि ढिके नुनको प्रयोग, मोलभन्दा ढुवानी धेरै

हुम्लाको लिमीका अझै पनि ढिके नुनको प्रयोग, मोलभन्दा ढुवानी धेरै

हुम्लाको लिमीका अझै पनि ढिके नुनको प्रयोग, मोलभन्दा ढुवानी धेरै

कर्णबहादुर रोकाया, हुम्ला, २ कार्तिक । हुम्लाको उत्तरी गाउँपालिकाको एक वडा जहाँ हालसम्म पनि पुराङको ढिके नुन प्रयोग हुँदै आएको छ । यसबाट पछिल्लो समय देखिएको आडोडिन र यसको कमीले देखिने रोगहरूबाट बालबालिका लगायत अन्य समुदाय पनि प्रभावित भएका छन् ।

हिमाल पारीको गाउँको नामले परिचित यो क्षेत्रमा वर्षौदेखि ढिके नुनको प्रयोग भएको छ । पटक पटक साल्टटेड्ङ्गि कर्पोरेसन जिल्ला शाखा हुम्लाले आयोडिनयुक्त नुन लिनका लागि अनुरोध गरे पनि हुलियत रुपमा प्राप्त हुने नुनमा त्योभन्दा पनि दशौं गुणा बढी ढुवानी भाडा पर्ने भएकाले पुराङबाट सस्तोमा प्राप्त हुने ढिके नुनको प्रयोग गर्न बाध्य भएको नाम्खा गापा ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ्गले जानकारी दिनुभएकाे छ ।

उहाँले भन्नुभयाे हो हामीलाई पनि आयोडिनयुक्त नुन प्रयोग गर्न मन छ तर अति महङ्गगो ढुवानी भाँडाले ढाड सेक्ने भएकाले बाध्य भएर यसको प्रयोग गर्न गराउन सकेका छैनौं । हामीलाई नुन दिन कि त एक हप्ता लगाएर सदरमुकाम सिमकोट आउनुपर्छ कि त तीन दिन लगाएर हिल्छामा जानु पर्छ ।

आयोडिनयुक्त नुन प्रयोग नगर्दा लिमी क्षेत्रमा बालबालिकामा यसको कमीले विभिन्न प्रकारका असरहरू देखिएको लिमी स्वास्थ्य चौकीका ईन्चार्ज गोरा भण्डारीले बताउँनुभयाे ।

अब लिमीसम्म केही मात्रामा भए पनि सडकको बिस्तार हुन लागेकाले यसको थप सुधार भएका आयोडिनयुक्त नुन सबैका लागि प्रयोग गर्ने अवस्थाको तयारी भइरहेको वडा अध्यक्ष तामाङ्गको भनाई रहेको छ ।

सिमकोट र हिल्छामा नौ रुपैँयाँ प्रति केजी पर्ने नुनको ढुवानी करीब एक सय पर्ने जाँदा स्थानीयहरुले ढुवानी गर्नृ नसकेर ढिके नुन प्रयोग गर्न बाध्य रहेको स्थानीयहरुले बताउने गरेका छन् ।

 

आजको ट्रेन्डिङ समाचार