पर्वत, १ कार्तिक । पर्वत जिल्ला बिहादी गाउँपालिका २ रास्कोट स्थित, ७:२०बजेकाे समयमा खहरे–नौनादी भित्री सडक खण्डमा खहरेबाट नौनादी तर्फ आउँदै गरेको ध १ त ३५३ नं को ट्याक्टर अचानक सडकबाट २० २५ मिटर तल खसेकाे छ ।
ट्याक्टरमा सबार चालक सहित ६ जना रहेका थिए । ट्याक्टर दुर्घट्नामा ६ जना घाईते भएका थिए । घाईतेलाई उपचारको लागि मिसन अस्पताल पाल्पामा पठाइएकाे थियाे ।
जिल्ला पर्वत बिहादी गाउँपालिका-२ बस्ने वर्ष १२ का निखिल परियारको उपचारको क्रममा मृत्यु भएकाे छ । अन्य पाँच जना घाईतेको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ ।
घाईते हुनेमा १३ वर्षकाे सागर परियार, २३ वर्षकाे सन्दिप नेपाली, ४२ वर्षकाे शंकर नेपालि गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका ७ भुर्तुङ बस्ने वर्ष ५२ को थम्म पुरी, फाेक्सिङ बस्ने वर्ष २९ को झक बहादुर नेपाली रहेका छन ।