घान्द्रुकमा पर्यटकलाइ प्रवेश निशेध,ब्यवसाय थलियो मासिक १० अर्ब घाटा | Samacharpati घान्द्रुकमा पर्यटकलाइ प्रवेश निशेध,ब्यवसाय थलियो मासिक १० अर्ब घाटा – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
  • होमपेज
  • घान्द्रुकमा पर्यटकलाइ प्रवेश निशेध,ब्यवसाय थलियो मासिक १० अर्ब घाटा

घान्द्रुकमा पर्यटकलाइ प्रवेश निशेध,ब्यवसाय थलियो मासिक १० अर्ब घाटा

घान्द्रुकमा पर्यटकलाइ प्रवेश निशेध,ब्यवसाय थलियो मासिक १० अर्ब घाटा

पोखरा,३0,असोज

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भए पनि कोभिड –१९ ले अभियान सफल हुन नसकेको बताउनुभएको छ ।

पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद्का समन्वयमा बिहीबार पोखरामा भएको ‘नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला’ कार्यक्रममा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन  गर्दै उहाँले कोभिड– १९ का कारण पर्यटनमा मासिक रु रु १० अर्ब घाटा भइरहेको बताउनुभयो।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो।

मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक खेललगायत ग्रामीण पर्यटनका लागि डराउनु नपर्ने उहाँको भनाई छ ।त्यसैगरीकास्कीको घान्द्रुकमा पर्यटकहरुलाई प्रवेश निषेध गरिएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय गरेको हो ।पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरूङले आगामी मंसिर पहिलो हप्तासम्म आन्तरिक र बाह्य सबै पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय भएको जानकारी दिनुभयो । उहाँको  अनुसार सो अबधिसम्म सबै होटल र लजहरू पनि बन्द रहने छन् मंसिर पहिलो हप्तापछि पर्यटन व्यवस्थापन समिति घान्द्रुकको बैठक बसेर आवश्यक निर्णय लिइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो  ।

 

आजको ट्रेन्डिङ समाचार