चितवन जिल्लावासीका लागि दशैं र तिहारमा कोरोनाकाे झन खतरा | Samacharpati चितवन जिल्लावासीका लागि दशैं र तिहारमा कोरोनाकाे झन खतरा – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • चितवन जिल्लावासीका लागि दशैं र तिहारमा कोरोनाकाे झन खतरा

चितवन जिल्लावासीका लागि दशैं र तिहारमा कोरोनाकाे झन खतरा

चितवन जिल्लावासीका लागि दशैं र तिहारमा कोरोनाकाे झन खतरा

चितवन, २८ असाेज । दसैँ र तिहारजस्ता ठूला पर्वमा कोरोना संक्रमित अझ बढ्न सक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीका लागि यस वर्ष घरभित्रै बसेर दसैँ, तिहारलगायत चाडपर्व मनाउन १४ बुँदे सुझाव सार्वजनिक गरेको छ ।

प्रशासनले १२ वर्षभन्दा कमका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा तथा जटिल प्रकारका स्वास्थ्य समस्या भएका मानिसलाई घर बाहिर हिँडडुल नगर्न भनेको छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दसैँमा जेष्ठ नागरिकसँग टीका लगाउने र आशिर्वाद लिने चलन रहेको हुँदा संक्रमण र मृत्युदर बढ्न सक्ने बताउँभएकाे छ । वृद्ध उमेरमा दीर्घ रोग बढी हुने भएकाले कोरोना जोखिम पनि उच्च हुने डा. अधिकारीको भनाइ छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी चाडपर्व, भिडभाड, किनमेल आदिले गर्दा जोखिम ह्वात्तै बढ्न सक्ने बताउँनुहुन्छ । उहाँले लकडाउन खोल्दाको असर अहिले देखिन थालेको बताउनुभयाे ।

चितवनको जनसंख्याको ५ प्रतिशत मात्रै कोरोना संक्रमित भए जिल्लाको स्वास्थ्य सेवा प्रदान गर्न नै नसकिने अवस्था आउन सक्ने बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार