कोरोना उपचार गराइरहेको चितवन मेडिकल कलेजको आईसीयू र एचडीयू बेड भरिभराउ | Samacharpati कोरोना उपचार गराइरहेको चितवन मेडिकल कलेजको आईसीयू र एचडीयू बेड भरिभराउ – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • कोरोना उपचार गराइरहेको चितवन मेडिकल कलेजको आईसीयू र एचडीयू बेड भरिभराउ

कोरोना उपचार गराइरहेको चितवन मेडिकल कलेजको आईसीयू र एचडीयू बेड भरिभराउ

कोरोना उपचार गराइरहेको चितवन मेडिकल कलेजको आईसीयू र एचडीयू बेड भरिभराउ

चितवन, २८ असाेज । जिल्लाका साना निजी अस्पतालले कोरोना संक्रमितको उपचार गरेका छैनन् । ठूला अस्पताल र मेडिकल कलेजमा कोरोना संक्रमितका साथसाथै अन्य रोगका बिरामीको पनि उपचार भइरहेको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले आइसोलेसन बेड खाली हुने तर आईसीयू भरिने अवस्थाले कोरोनाका गम्भीर बिरामी बढेको संकेत गरेको बताउनुभएकाे छ ।

कोरोना संक्रमितको उपचार गराइरहेको चितवन मेडिकल कलेजको आईसीयू र एचडीयू बेड भरिभराउ छन् । सो अस्पतालको भेन्टिलेरमा ४ जना संक्रमित छन् । २२० बेडको आइसोलेसन रहेको यो मेडिकल कलेजमा आइसोलेसनमा भन्दा आईसीयूमा बढी चाप छ । पुरानो मेडिकल कलेजले तीन भेन्टिलेटर, १६ बेडको आईसीयूसहित १०० बेडको आइसोलेसन बनाएको छ ।

भरतपुर अस्पतालको १० बेड आईसीयू भरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताउनुभयाे । उहाँका अनुसार अस्पतालको सामान्य आइसोलेसन बेडमा चाप छैन तर कोभिड आईसीयूमा एक जना पनि संक्रमित राख्ने ठाउँ छैन ।

आइसोलेसन बेड खाली हुने तर आईसीयू भरिने अवस्थाले कोरोनाका गम्भीर बिरामी बढेको संकेत गरेको सूचना अधिकारी पौडेलले बताउनुभएकाे छ ।

चितवनमा ७० भेन्टिलेटर, १५० आईसीयू, ३०० सुविधासम्पन्न शय्या र ६०० वटा आइसोलेसन आवश्यक पर्ने अनुमान छ । तर स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले चितवन जिल्लाले आफ्नो लागि मात्रै तयारी गरेर सुख नपाउने बताउँनुभएकाे छ ।

‘यहाँ त विभिन्न जिल्लाबाट कोरोना संक्रमित उपचारका लागि आउँछन्, हाम्रो जिल्लाको आफ्नो तयारीले मात्रै पुग्दैन’ प्रमुख तिवारीले भन्नुभयाे, ‘कहाँबाट कति बिरामी आउँछन् भन्ने थाहा नहुँदा न त अस्पताल न त जनस्वास्थ्यले नै आफ्नो तयारी गर्न सक्छन् ।’

 

 

आजको ट्रेन्डिङ समाचार