नेपाल राष्ट्र बैंकले याे वर्ष नसाट्ने भयाे नयाँ नाेट | Samacharpati नेपाल राष्ट्र बैंकले याे वर्ष नसाट्ने भयाे नयाँ नाेट – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • नेपाल राष्ट्र बैंकले याे वर्ष नसाट्ने भयाे नयाँ नाेट

नेपाल राष्ट्र बैंकले याे वर्ष नसाट्ने भयाे नयाँ नाेट

नेपाल राष्ट्र बैंकले याे वर्ष नसाट्ने भयाे नयाँ नाेट

पाेखरा, २७ असाेज । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर कोरोना संक्रमणका कारण नयाँ नोट नसाट्ने निर्णय गरेको जनाएको छ ।

नोट सटहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुने भन्दै केन्द्रीय बैंकले नोट नसाट्ने स्पष्ट पारेको छ । केन्द्रीय बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थामा समेत कोरोना बढिरहेको भन्दै यस वर्ष नयाँ नोट सहटी नगर्ने निर्णय गरेको छ ।

यस वर्ष दशैँ , तिहारमा पनि बढि भिडभाड नगर्ने, जाहाँ छाैँ त्यही मनाउने सरकाले भनिरहेकाे छ । अहिले देशमा काेराेनाकाे कारण कुनै चाँडवाड पनि खुशी हर्षउल्लासका साथ मनाउने वातावरण रहेकाे छैन , भने पहिला जस्ताे खुशीयाली अहिले कतै देखिएकाे छैन ।

आजको ट्रेन्डिङ समाचार