पोखरा, २३ असोज । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी पोखरा महानगर कमिटीको प्रथम अधिवेशनले मदन कुमार सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा डिलकुमार नेपाली (डिबी), सचिव अमृत गुरुङ, सहसचिव जीत परियार रकोषाध्यक्ष कमल पोखरेल चयन हुनुभएको छ । कमिटीको सदस्यहरुमा ठाकुरप्रसाद सुवेदी, सुजन श्रेष्ठ, कृष्णबहादुर मगर, हेमराज हुमागार्इँ र सल्लाहकारमा रामचन्द्र सुवेदी रहनुभएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलेबुधबार अधिवेशन उद्घाटन गर्दै सरकारले सार्वजनिक यातायातको क्षेत्रमा गरेको लगानीको संरक्षण नगरेको बताउनुभयो । उहाँले निजी क्षेत्रको लगानीलाई जोगाउन सरकारको स्पष्ट नीति नभएको दाबी गर्नुभयो । यातायात क्षेत्रमा भएको लगानीलाई जोगाउनकोलागि सरकारको कुनै ठोस योजना नभएको उल्लेख गर्दै उहाँले सरकारले साझा बाहेक यातायात क्षेत्रमा लगानी गरेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल यातायात मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इञ्चार्ज कर्णसिं गुरुङ, केन्द्रीय कमिटीका सचिव विष्णुबहादुर पराजुली, गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसी, पोखरेली ट्याक्सी सेवा प्रालिका सञ्चालक तथा दुर्घटना इकाइ प्रमुख शोभाकान्त पौडेल, गण्डकी टयाक्सी व्यवासायी पब्लिक लिमिटेडका सदस्य सचिव अर्जुन पौडेल, संगठनका पोखरा महानगर कमिटीका इञ्चार्ज बालकृष्ण पोखरेल, निवर्तमान अध्यक्ष रामचन्द्र सुवेदी, लामो दूरी इकाइका अध्यक्ष श्यामकुमार बजगाईलगायतले यातायात क्षेत्रको बारेमा बोल्नुभएको थियो ।