तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित | Samacharpati तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित

तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित

तमु धिं नेपालको  अध्यक्षमा  हुमबहादुर  गुरुङ  निर्विरोध निर्वाचित

तमु समुदायको पुरानो सामाजिक संस्था तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

केही विवाद बीच करिब एक सातापछि प्रक्रिया पु¥याएर निर्वाचन समितिले उहाँलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
तमु धिं नेपालको १५ औं महाधिवेशनको नेतृत्व चयनका क्रममा चारभञ्ज्याङ तमु समाजका हुमबहादुर सहित पदाधिकारीहरु निर्विरोध चयन भए ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा ताङतिङ दूधपोखरी तमु समाजका सुुमे श्रीप्रसाद तमु, प्रथम उपाध्यक्षमा सिद्धार्थ तमु समाजकी गीमाया तमु, द्वितीय उपाध्यक्षमा याङ्जाकोट तमु समाजका नारायण तमु, महासचिवमा मिलिजुली विजयपुर तमु समाजकी अधिवक्ता जूनाकुमारी तमु, सचिवमा फिर्के तमु समाजका जुमकाजी तमु, सहसचिवमा चिउली पाचे तमु समाजका मेनकाजी तमु, कोषाध्यक्षमा नादा तमु समाजका गमबहादुर तमु, सहकोषाध्यक्षमा तमु सहयोग समितिकी सुवेदार तुलबहादुर तमु निर्विरोध चयन भए ।

निर्वाचन समितिले असोज २४ गते शनिवार औपचारीक घोषणा कार्यक्रम राखेको छ । हुम बहादुर गुरुङ तमु धिं को अध्यक्ष बनेसंगै ३६ वर्षपछि यो संस्थामा नेतृत्व परिवर्तन भएको छ । २०४२ सालमा स्थापनाकालदेखि नैलगातार नेतृत्व गर्दै आउनुभएकी कर्म तमु पश्चात युवा समाजसेवी एवं पत्रकार हुमबहादुर गुरुङले आगामी नेतृत्व गर्ने मौका पाउनुभएको हो ।

आजको ट्रेन्डिङ समाचार