कर्णाली प्रदेशबाट हुम्लाका स्थानीय तहलाई दुई अर्ब बजेट – Samacharpati Samacharpatiकर्णाली प्रदेशबाट हुम्लाका स्थानीय तहलाई दुई अर्ब बजेट – Samacharpati
  • होमपेज
  • कर्णाली प्रदेशबाट हुम्लाका स्थानीय तहलाई दुई अर्ब बजेट

कर्णाली प्रदेशबाट हुम्लाका स्थानीय तहलाई दुई अर्ब बजेट

कर्णाली प्रदेशबाट हुम्लाका स्थानीय तहलाई दुई अर्ब बजेट

कर्णबहादुर रोकाया, हुम्ला, २२ असाेज । आ.व. २०७६/७७मा कर्णाली प्रदेश सरकारले अन्तरसरकारी अख्तियारी अन्तर्गत उक्त बजेट प्राप्त भएको हो ।  यो बजेट चालु र पूँजीगत गरी दुई शिर्षकमा आएको छ ।

प्रदेश सरकारबाट प्राप्त भएको बजेटमा चालुतर्फ स्थानीय तहहरूले ७३/०३ प्रतिशत खर्च गरेका छन् भने पूँजीगततर्फ ६३/१७ प्रतिशत खर्च भएको जानकारी कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नरेशरा भट्टले जानकारी दिएका छन् ।

हुम्लाका सातै स्थानीय तहहरूले ६५ करोड ६४ लाख २ हजार ८३ चालु बजेट प्राप्त गरेका थिए भने १ अर्ब ३६ करोड ६५ लाख ८३ हजार ५सय ७८ पूँजीगत बजेट प्राप्त गरेका हुन् ।

सातै स्थानीय तहहरूले चालुतर्फ ४९ करोड ९३ लाख ७२ हजार २१८ रकम खर्च गरेका छन् । यसै गरी पूँजीगततर्फ ८६ करोड ३२ लाख ३ हजार ९६१ रकम खर्च भएको छ । यी दुबैको औसत खर्च प्रतिशत ६६/३७ रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाको अभिलेखबाट थाहा भएको छ ।

कर्णाली प्रदेश सरकारले हुम्लाका सात स्थानीय तहलाई आ.व. २०७६/०७७का लागि दुई अर्बभन्दा धेरै रकम उपलब्ध गराएको छ । यसको के, कति, कुन, कहाँ, कसरी र कस्तो अवस्थामा खर्च भयो यो बारे विभिन्न कुराहरू सुनिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका