राजु परियार र शान्ता कार्कीको स्वरमा ”गाउँमै मनाऔं दशैं तिहार” सार्वजनिक | Samacharpati राजु परियार र शान्ता कार्कीको स्वरमा ”गाउँमै मनाऔं दशैं तिहार” सार्वजनिक – Samacharpati
Samacharpati
शुक्रबार, अशोज २९, २०७८
  • होमपेज
  • राजु परियार र शान्ता कार्कीको स्वरमा ”गाउँमै मनाऔं दशैं तिहार” सार्वजनिक

राजु परियार र शान्ता कार्कीको स्वरमा ”गाउँमै मनाऔं दशैं तिहार” सार्वजनिक

राजु परियार र शान्ता कार्कीको स्वरमा ”गाउँमै मनाऔं दशैं तिहार” सार्वजनिक

काठमाडौं, २१ असाेज । नेपाल मात्र नभई बिश्व नै यतिबेला कोरोना महामारीको चपेटामा गुज्रि रहेको छ । तर नेपालीहरुको महान चाड वडा दशैं नजिकै आई रहेको छ ।

यस्तो बेलामा देश बिदेशका आफन्तहरु जम्मा भएर मनाउँने गर्दछन् तर यसपाली भने सरकारले जो जहाँ छ सकेसम्म त्यही दशैं मनाऔं भनिरहेको छ । यही बेलामा चर्चित लोक गायक राजु परियार र शान्ता कार्की स्वरमा “गाउँमै मनाउ दशैं तिहार” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा लय तथा संगीत रिमेश कुमार थापा, शब्द जीवन प्याकुरेल, संगीत संयोजन विजय थापा र मिक्सिङरमास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी.को अभिनय , अमन बडुको छायाँकन र लक्ष्मण चौहानको सम्पादन छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि. ए. आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार