प्रदेश ५ को प्रदेशसभामा देखियो यस्तो दृश्य, हेर्नुहोस आज असोज २० गतेका मुख्य समाचारहरु | Samacharpati प्रदेश ५ को प्रदेशसभामा देखियो यस्तो दृश्य, हेर्नुहोस आज असोज २० गतेका मुख्य समाचारहरु – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • प्रदेश ५ को प्रदेशसभामा देखियो यस्तो दृश्य, हेर्नुहोस आज असोज २० गतेका मुख्य समाचारहरु

प्रदेश ५ को प्रदेशसभामा देखियो यस्तो दृश्य, हेर्नुहोस आज असोज २० गतेका मुख्य समाचारहरु

प्रदेश ५ को प्रदेशसभामा देखियो यस्तो दृश्य, हेर्नुहोस आज असोज २० गतेका मुख्य समाचारहरु

काठमान्डाैँ, २० असाेज । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।

प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् । तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका हुन् । उनी बोल्ने क्रममा सत्तारुढ सांसदले प्रश्न सोध्न हात उठाइरहेका थिए भने विपक्षी कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका थिए ।

त्यस क्रममा मर्यादापालकहरु रोस्टममा मन्त्रीमाथि हुनसक्ने सम्भावित आक्रमण रोक्न बसेका थिए । केसीले आफूअघि उभिएका मर्यादापालकलाई हातले कोट्याउँदै नाराबाजी गर्ने सांसदलाई लक्षित गर्दै भने ‘घिसारेर निकालिहाल् ।’ हेर्नुहोस आज असोज २० गतेका मुख्य समाचारहरु

आजको ट्रेन्डिङ समाचार