लमजुङ, १९ असाेज । लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं ५ गहतेमा अबैध रुपमा सालको काठ ट्याक्टरमा लोड गरी राखेको अवस्थामा फेला परेकाे छ ।
असाेज १७ गते १२ बजे काे समयमा गहतेमा अबैध रूपमा काठ लोड गरेकाे छ भन्ने सुचना प्रहरीलाई प्राप्त भएकाे थियाे । सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट प्र. ना.नि.पर्शुराम जोशीको कमाण्डमा तत्काल ५ जनाको टोलीले खटि अनुसन्धान गर्दा
ग १ त ६३११ नं. र लु ३ त ६८४६ नं. को ट्याक्टरमा ७२/३३ क्यु फिट रहेको सालको काठ लोड गरी राखेको अवस्थामा फेला परेको थियाे ।
त्यस स्थानमा मानिसहरु भने फेला परेन्न प्रहरीले फेला परेको ट्याक्टर र काठ बरामद गरी आवश्यक कारबाहीको लागी सव डिभिजन वन कार्यालय सुन्दरबजार बुझाइएको छ । बन कार्यालयबाट थप अनुसन्धान कार्य भई रहेको छ ।