गण्डकी प्रदेशमा २७ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ४२०२ पुग्याे – Samacharpati Samacharpatiगण्डकी प्रदेशमा २७ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ४२०२ पुग्याे – Samacharpati
  • होमपेज
  • गण्डकी प्रदेशमा २७ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ४२०२ पुग्याे

गण्डकी प्रदेशमा २७ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ४२०२ पुग्याे

गण्डकी प्रदेशमा २७ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ४२०२ पुग्याे

पाेखरा, १९ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२०२ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २७ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन ।

गण्डकी प्रदेशमा प्रदेशमा थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिका २६ जना , नवलपरासी मध्यबिन्दुका एक जना गरी २७ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-१४ का  ५१ बर्षीय  पुरुष फेवासिटी अस्पतालमा उपचाररत छन । पोखरा महानगरपालिका-१४ का २२ बर्षीय पुरुष दुबईबाट आएका हुन।

पोखरा महानगरपालिका वार्ड नं १३ का ३६ बर्षीय महिला, वार्ड नं १९ का ५५ बर्षीय पुरुष , वार्ड नं १० का ६४ बर्षीय पुरुष भारतबाट आएका हुन ।

पोखरा महानगरपालिका-१२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलय, पोखरामा कार्यरत चिकित्सक हुन । अन्य सबैजना contact tracing बाट पहिचान हुनुभएको हो । संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका