गण्डकी प्रदेशमा ७ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४०१० | Samacharpati गण्डकी प्रदेशमा ७ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४०१० – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा ७ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४०१०

गण्डकी प्रदेशमा ७ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४०१०

गण्डकी प्रदेशमा ७ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४०१०

पाेखरा, १७ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०१० पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ७ जना नयाँ संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित स्याङजा जिल्ला फेदिखाेलाका  १ जना , लम्जुङ राइनासका दुइ जना , कास्की पाेखरा महानगरपालिकाका ३ जना, म्याग्दी रघुगंगाका १ जना गरी ७ जना रहेका छन् ।

लम्जुङका राइनासका संक्रमित भारतबाट आएका हुन भने, म्याग्दीका संक्रमित कुवेतबाट आएका हुन । पाेखरा १७ का संक्रमित CIWEC अस्पतालमा कार्यरत व्यक्ति हुन भने पाेखरा ५ कि काेराेना संक्रमित महिला फेवासीटि अस्पतालकाे फिभर क्लिनिक मार्फत पहिचान भएकि हुन ।

बाँकी सबै काेराेना संक्रमित कन्ट्रयाक टेसिङ मार्फत पहिचान भएका हुन । संक्रमित सबैलाई आइसाेलेसनमा व्यवस्था गर्ने तयारी भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार