गाउँभरी ४० जना अपाङ्गता, राज्यको सेवा सुविधाबाट वन्चित | Samacharpati गाउँभरी ४० जना अपाङ्गता, राज्यको सेवा सुविधाबाट वन्चित – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • गाउँभरी ४० जना अपाङ्गता, राज्यको सेवा सुविधाबाट वन्चित

गाउँभरी ४० जना अपाङ्गता, राज्यको सेवा सुविधाबाट वन्चित

गाउँभरी ४० जना अपाङ्गता, राज्यको सेवा सुविधाबाट वन्चित

कर्णबहादुर रोकाया, हुम्ला, १६ असाेज । गाउँको ६ दर्जन घरधुरी भएको हुम्लाको स्याँडा गाविसको खोल्सी गाउँमा पाँच दर्जनभन्दा धेरै विभिन्न खालका अपांग, अशक्त, बहिरा विशेष अवस्थाका व्यक्तिहरू पाइएको छ तर उनीहरूलाई राज्य उपलब्ध गरेका विभिन्न सेवा सविधाहरू काजलाई बेल पाक्यो हर्ष न विस्मात झैँ भएको छ ।

हुम्ला जिल्लाको उच्च भूभागमा धान पाक्ने खोल्सी गाउँ विभिन्न कुराहरूको विविधताहरूले भरीएको भए पनि गाउँभरी विभिन्न प्रकाका अपांग, असक्त, बहिरा अन्य विशेष अवस्थाका व्यक्तिहरूले भएकाले उनीहरूको स्याहारसुसारका लागि थप आर्थिक, भौतिक र शारीरिक श्रमले गर्दा परिवारमा अतिरिक्त बोझ पर्न गएको स्थानीयबासी जनकबहादुर शाहीले बताए ।

करीब एक दशकअघि युनाइटेड मिसन टु् नेपालको स्वास्थ्यकर्मीको एक टीमले हुम्ला जिल्लाका कुन कुन ठाउँमा फ्लोराइड भएको पानी छ भने गरेको अध्ययन अनुसार हुम्लाका दुई दर्जन ठाउँहरूको सूचिहरूमा यो खोल्सी गाउँ एक नम्बरमा परेको छ । मानिसहरूका लागि सामान्यतः एक पीपीएम फ्लोराइड हुनु पर्नेमा यो गाउँमा ८ पीपीएमदेखि १३ पीपीएमसम्म रहेको तथ्य पनि थाहा भएको थियो । यो गाउँभरी सामान्यतः एक घरमा एक विशेष अवस्थाका व्यक्तिहरू भएको आँकडा हुम्लामा कार्यरत सहारा समुहको अध्ययन टोलीले संकलन गरेको छ ।

गाउँभरी यति धेरै विशेष अवस्थाका व्यक्तिहरू भए पनि राज्यले प्रदान गरेका र गर्ने विशेष अवस्थाका व्यक्तिहरूले पाउने सेवासुविधाहरू कागजमा मात्रै सीमित छन् । पाउने केही सुविधाहरू पनि न त यिनीहरूको हातमा पर्छ, न त यिनीहरूले के के पाउँछन् । त्यो बारेमा उनीहरूका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको छ । राज्यले प्रदान गरेका यस्ता सेवा सुविधाहरूको बारेमा खोजी गर्नु पर्ने भएको छ ।

आजको ट्रेन्डिङ समाचार