दशैँको टीकाको साइत बिहान १०ः१९ बजे हुने | Samacharpati दशैँको टीकाको साइत बिहान १०ः१९ बजे हुने – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • दशैँको टीकाको साइत बिहान १०ः१९ बजे हुने

दशैँको टीकाको साइत बिहान १०ः१९ बजे हुने

दशैँको टीकाको साइत बिहान १०ः१९ बजे हुने

नेपाल पन्चाङग निर्णायक समितिले वि सं २०७७ को विजयादशमी लगायत दशंैका विभिन्न साइत सार्वजनिक गरेको छ । वि.सं २०७७ कात्तिक १ गते शनिबारदेखी नेपालीको महान चाड वडा दशै शुरु हुदैछ ।

दुर्गा पक्ष समेत भनिने दशै पहिलो दिन घटस्थापना को साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागी लग्न र बेला पनी उपयुक्त दिएको छ । देशभरका मठ मन्दिरमा घटस्थापनाकै दिन देखी भिड लाग्ने भएकाले कोरोनाको सन्त्रासमा भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।

यसैगरी कार्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत पनि रहेको छ ।दशै को मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व रहेको छ । यस दिनमा टिका कै साइत खोजेर लगाउनेका लागी भने बिहान १०ः१९ बजेको समय उत्तम रहेको अध्यक्ष गौतमले बताए । चान्द्रमास अनुसार प्रत्येक बर्ष आश्विन शुक्ल प्रतिपदा देखी पुर्णिामा सम्म १५ दिन मनाइने वडा दशै पर्व यस वर्ष मलमास का कारण कार्तिक १ गतेदेखी शुरु हुदैछ ।

आजको ट्रेन्डिङ समाचार