धनुष सहकारी नेफ्स्कुनको प्रोबेशन कार्यक्रममा आबद्ध | Samacharpati धनुष सहकारी नेफ्स्कुनको प्रोबेशन कार्यक्रममा आबद्ध – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • धनुष सहकारी नेफ्स्कुनको प्रोबेशन कार्यक्रममा आबद्ध

धनुष सहकारी नेफ्स्कुनको प्रोबेशन कार्यक्रममा आबद्ध

धनुष सहकारी नेफ्स्कुनको प्रोबेशन कार्यक्रममा आबद्ध

श्रीभद्र पौडेल, हेमजा, १४ असोज। पोखरा–९, दरवारथोक मार्ग स्थित धनुष बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कुनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण कार्यक्रम ‘प्रोबेशन’ मा आबद्ध भएको छ।

यस सम्बन्धमा सोमवार नेफ्स्कुन र संस्था बीच सम्झौता भएको छ । उक्त कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत न्यौपाने तथा अनुगमन अधिकृत सूर्यप्रसाद तिमिल्सीना तथा संस्थाको तर्फबाट अध्यक्ष राजाराम सुवेदी, उपाध्यक्ष प्रदिप भुजेल, कोषाध्यक्ष गोविन्द तिम्सिना, कार्यकारी अधिकृत विराज सुवेदी लेखा समिति संयोजक सन्तोषधर आचार्य, लेखा सदस्य मोहन अधिकारी लगायत सहभागि थिए।

दरवारथोक मार्गमा केन्द्रीय कार्यालय र अन्नपूर्ण गाउँपालिकाको नागडाँडा र नयाँपुलमा गरी ३ वटा कार्यालयबाट सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको धनुष साकोसको हालसम्मको वासलात रु. २६ करोड र सदस्य संख्या कुल ७ हजार ८ सय रहेका छन् ।

उक्त सहकारीले बन्दाबन्दीमा पनि सदस्य सेवालाई निरन्तर दिन जोड दिँदै आएको थियो ।नेफस्कूनले दिएको मार्गनिर्देशन अनुरुप प्रोबेशनमा सहभागी भएपश्चात ब्राण्ड प्राप्त गर्ने दिशामा अगाडी बढ्ने आफूहरुको लक्ष्य रहेको सहकारीका अध्यक्ष राजाराम सुवेदीले बताए।

सहकारीका उपाध्यक्ष प्रदिप भुजेलले कार्यक्रममा आवद्घ हुदाँ नीति, विधि र प्रविधिमा निकै सहयोग पुग्ने विश्वासका साथ सहभागि भएको धारणा राखे ।

यसैबीच कोभिड–१९ का कारण आन्तरिक सुशासन, तरलता व्यवस्थापन, ऋण लगानीमा विविधिकरण, व्यवसाय वृद्धि लगायत नयाँ सम्भावनाहरुको खोजी गरिरहेका बित्तीय सहकारीहरु पछिल्लो समय नेफ्स्कुनको गुणस्तर सुनिश्चितताका विभिन्न कार्यक्रमहरुमा आबद्ध हुने क्रम बढेको छ।

त्यसैक्रममा केही दिनअघि मात्र पोखरा स्थित श्री विहानी साकोस, सरल नमूना साकोस पनि प्रोबेशन कार्यक्रममा आबद्ध भएका छन्।हालसम्म दई सय बढी सहकारीहरु उक्त कार्यक्रममा आबद्ध भएको जनाइएको छ।

 

आजको ट्रेन्डिङ समाचार