पाल्पा बेलौजामा पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव फेला | Samacharpati पाल्पा बेलौजामा पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव फेला – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • पाल्पा बेलौजामा पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव फेला

पाल्पा बेलौजामा पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव फेला

पाल्पा बेलौजामा पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव फेला

पाल्पा, १० असोज । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो ।

शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उहाँकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताउनुभयो ।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन ।

शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो ।

झोक्दी र बेलौजा बीचको जङ्गलमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा पहिरो खस्दा आवतजावतमा समस्या भएको थियो । अवरुद्ध सडक खुलाउन डोजरले काम गरे पनि पहिरो खस्नेक्रम नरोकिएका कारण समस्या भएको थियो ।

आजको ट्रेन्डिङ समाचार