अर्घाखाँची शीतगंगाकाे पहिराेमा बगे १७ घर • Nepal's Trusted Digital Newspaperअर्घाखाँची शीतगंगाकाे पहिराेमा बगे १७ घर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अर्घाखाँची शीतगंगाकाे पहिराेमा बगे १७ घर

अर्घाखाँची शीतगंगाकाे पहिराेमा बगे १७ घर

  • शनिबार, अशोज १०, २०७७
अर्घाखाँची शीतगंगाकाे पहिराेमा बगे १७ घर

अर्घाखाँची, १० असाेज । अर्घाखाँचीको शीतगंगामा पहिरो जाँदा १७ घर बगेका छन् । शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो एक्कासि पहिरो गएपछि सिंगो बस्ती बगाउँदै गर्दा घरमा बसेका केही मान्छेले भागेर ज्यान बचाउन सफल भएको बताइएको छ । पहिरो गएसँगै ३५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

मानवीय क्षतिको अझै एकिन भइनसकेको बताइएको छ । घर पालुवा जनावर पूरै बगाएर लगेको बताइएको छ । घटनास्थलमा जान समस्या भएको र अहिले पनि पहिरो बगिरहेको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका