धादिङमा कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु | Samacharpati धादिङमा कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • धादिङमा कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु

धादिङमा कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु

धादिङमा कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु

काठमाडौं, ९ असाेज । कोरोनाका कारण धादिङमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–२ की ३१ वर्षीया महिला रहेकी छिन् । व्यथा लागेपछि प्रशुती गृह पठाइएकोमा परिक्षण गर्दा ति महिलामा कोरोना पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ आएकी उनको सुत्केरी अबस्थामै मृत्यु भएको हो । यसअघि पनि धादिङमा कोरोना संक्रमणबाट २ जना पुरुषको मृत्यु भएको थियो । यससँगै धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार